Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

  बुटवल – रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो ।

जेठ १० गते कोरोना संक्रमण पुष्टी भइ सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका रैनादेवी गाउँपालिका(२ पाल्पाका ६४ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताउनुभयो ।

यस्तै सिद्धार्थनगर नगरपालिका-८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर २ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका(५ का ५० वर्षीय र कपिलवस्तु नगरपालिका १ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा।नारायण पोखरेलले बताउनुभयो ।

यस्तै, युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको पनि मृत्यु भएको सूचना अधिकारी शुशील गुरुङले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu