Connect with us
Kapilvast Forest

कोरोना नियन्त्रणको पूर्व तयारीमा तिब्रता दिँदै सरूमारानी

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

प्यार अलि खान
प्यूठानको सरुमारानी गाउँपालिकाले दोस्रो लहरको कोभिड सम्भावित जोखिम न्यूनीकरण तथा नियन्त्रण गर्न आवस्यक पूर्व तयारीलाई तिब्र पारेको छ।
गाउँपालिकाले कोरोना रोकथाम तथा उपचारलाई प्रमुख प्राथमिकताका राखेको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिएका छन्।
गाउँपालिकाले अध्यक्ष झगबहादुर विश्वकर्माले प्रयोग गर्दै आईरहेको सवारी साधनलाई कोभिड बिरामीको सेवा तथा सुविधाको लागि एम्बुलेन्स बनाउने भएको छ।
‘गाउँपालिका आउजाउ गर्न तथा गाउँमा हिँड्न अध्यक्ष ज्युले मोटरसाइकल प्रयोग गर्नुहुनेछ।’ रेग्मीले भने, ‘उहाँकै प्रस्तावमा एम्बुलेन्स बनाउने कुरा भएको हो।’
गाउँपालिकामा स्वास्थ्य संस्थाका २ वटा एम्बुलेन्स गाडी सेवामा रहेको छ। ‘कोभिडको महामारी छ, विरामीलाई एक मिनेट पनि रोक्किन नपरोस्।’गाउँपालिका प्रमुख झगबहादुर विश्वकर्माले भने, ‘एम्बुलेन्सका चालक संक्रमित हुने अवस्था आयो भनेपनि विरामीलाई ओहोरदोहोर गर्न कुनै समस्या नरहोस्।’
पालिकामा ९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिए। १ सय १० जना निको भैसकेको उनले बताए।
पालिकाले संचालन गरेको कोभिड अस्पतालमा अहिले ३ जना कोरोना संक्रमितको उपचार चलिरहेको छ भने ४ जना आईसोलेशन सेन्टरबाटै निको भएर घर फर्केका छन्। १५ बेड क्षमताको अस्पतालमा २ जना स्टाफ नर्स लगायत स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ।
पालिकाले कोभिड अस्पतालबाट रिफर गरिने विरामीलाई निशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको छ भने विरामीहरुको निःशुल्क उपचार तथा खानबस्नको प्रबन्ध समेत गर्दै आएको छ।
कोभिड नियन्त्रण रोकथाम तथा उपचारलाई प्रभावकारी बनाउन पालिकाले १६ थान ठूलो तथा सानो ५ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए। ‘हामीले एन्टीजिन किट पनि खरिद गरिरहेका छौं।’ रेग्मीले भने, ‘हाम्रो ६ वटै स्वास्थ्य संस्थाहरूमा आवस्यक औषधिहरूको समेत व्यवस्थापन गरि सकेका छौं।’
पालिकाको ढुङ्गेगढी, हंसपुर तथा बाङ्गेशाल स्वास्थ्य संस्थामा रहेको ल्याबसेवा मार्फत पनि नियमित कोरोना चेकजाँच हुँदै आएको छ।
ल्याब सेवा बाहेकका वडाहरुमा समुदायस्तरमै कोरोना परिक्षणलाई अघि बढाईरहेको रेग्मीले जानकारी दिए। कोभिड उपचारमा सहजता ल्याउन रिक्त रहेको स्वास्थ्यकर्मीहरूको पद पुर्ति गर्न लागिएको गाँउपालिकाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu