Connect with us
Kapilvast Forest

१०० किलो गाँजा बोक्ने एम्बुलेन्स र ड्राइभर पक्राउ

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

सुनसरी -धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका ११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका १ घर भएका २८ वर्षीय पोशन राई रहेको प्रहरीले जनाएको छ ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu