Connect with us
Kapilvast Forest

प्युठानमा एउटै परिवारका तीन जना झुण्डिएको अबस्थामा फेला

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

साकंकेतिक तस्विर

प्यूठान – प्यूठानमा एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका छन् । प्यूठान नगरपालिका-२ चितिखाेलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला परेका हुन ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका-८ हदचाैर माईत भएकि गाईत्री सुनार, अन्दाजी २ बर्षकाे छोरा सुजन, ५ बर्षकाे छाेरी प्रकृती सहित ३ जना प्युठान नगरपालिका-१ चेरनेटा नजिक जंगलमा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। एकै स्थानमा एकैघरका तीन जना मृत भेटिएपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ आत्मा हत्या हो या हत्या,अझै केही खुलेको छैन, हामी घटनाकाे छानविनमै छौँ ।’

अहिले उनीहरुको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।
अन्दाजी २६ बर्षकि गायत्री सुनार सोमबार साझ घरबाट माईत जान्छु भनी हिडेकाे ससुरा गिरबहादुर सुनारले वताउनु भयाे । मृतकका श्रीमान प्रकाश सुनार राेजगारिकाे शिलशिलामा भारतमा रहेका छन ।

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu