Connect with us
Kapilvast Forest

कमेडियन आदर्श मिश्रालाई पितृशोक

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रालाई पितृ शोक परेको छ । उनका पिता विनोद मिश्राको उपचारका क्रममा निधन भएको हो ।बिनोदलाई मिर्गौलाको समस्या थियो ।

विनोद बाराको जीतपुरस्थित नगौल निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत हुनुन्थ्यो ।आदर्शले केही दिन ट्वीट गर्दै मृगौला दाता भारतीय भएकै कारण प्रत्यारोपण नभएको बताउनुभएको थियो ।

उहाँको आमा भारतीय भएको र उहाँको बुवालाई उहाँकी मौसी (विनोदकी जेठीसासु)ले मृगौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख गर्नु भएको थियो ।

आज बिहान मात्रै आदर्शले आफ्नो बुवा गुमाउन नचाहेको र नेपाल सरकारविरूद्ध मुद्दा दर्ता गर्न चाहेको ट्वीट गनुृ भएको थियो ।उहाँले दाता भारतीय भएकै कारण मृगौला प्रत्यारोपन गर्न नदिएको आरोपमा मुद्दा हाल्ने जनाउनुभउको थियो । आदर्शले ट्वीटमा प्रदेश(२ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झालाई मेन्सन गर्दै सहयोगको अपील समेत गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu