देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ :विपक्षी गठबन्धन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बहिर्गमनको मोर्चाले बहुमतका आधारमा सर्वोच्च अदालतमा माग भएअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका घोषणा गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले बहुमतका आधारमा देउवालाई प्रधानमन्त्री घोषणा हुनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा टेक्निकल विषयमा मात्रै छलफल भएको बताउनु भयो ।
‘कतिपय मिलाउनु पर्ने या ठेगाना नमिलेको विषयमा टेक्निकल विषयमा मात्रै छलफल भयो’ उहाँले भन्नु भयो ।संसदीय व्यवस्थामा बहुमतको आधारमा निर्णय हुने भएकाले अदालतमा भएको मागअनुसार देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने कांग्रेस नेता रमेश लेखकले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘लोकतन्त्र र संविधान समाप्त न पर्ने ठुलो चलखेल भइरहेको छ। त्यसमा कांग्रेसले सभापति शेरबहादुर देउवालाई संसदीय प्रणालीले बहुमतको आधारमा प्रधानमन्त्री दाबी गरेका छौँ।’संसदीय प्रणालीमा बहुमतको मान्यता नभएपछि व्यवस्था धरापमा पर्ने उहाँको भनाइ छ।