Connect with us
Kapilvast Forest

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको सन्देश :बुद्ध जन्मस्थल सम्बन्धीका गलत तथ्य सच्याऊ

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराउनु भएको छ ।

दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उहाँले उक्तआग्रह गर्नु भएको हो । ‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिन आएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’

उहाँको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उहाँले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu