Connect with us
Kapilvast Forest

अज्ञात रोगले घारमै मर्न थाले मौरी

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडाैं -हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिनु भयो । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंहले बताउनुभयो । मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिनु भयो ।

एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको बताउनु भयो । मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu