कोरोना महामारीको अन्यको कामना गर्दै लुम्बिनीमा २५६५ औं बुद्ध मनाईयो
कपिलवस्तु –बुद्धको जन्मथालो लुम्बिनीमा कोरोना महामारीको अन्त्यको कामना गर्दै २५६५ औं बुद्ध मनाइएको छ । सामाजिक दुरी र स्वास्थ्य मापदन्ड पाला गरी भिक्षुहरुको टोलीले बिश्वमा देखा परेको कोरोना महामारीको अन्त्यकालागि बिशेष पाठ गर्नु भएको थियो । बैशााख पुर्णिमामा दिन बुद्ध जन्मेको,बोधिज्ञान प्राप्त गरेर महानिर्वाण भएको दिनकोरुपमा रहेको छ ।
बौद्ध धर्मावलम्बीहरुले माहामारीबाट छुटकारा पाउन पाठ गर्ने रतन सुत्र पाठ गर्नु भएको । नेपालसंगै संसारले छिटै कोरोना भाईरस संक्रमणबाट मुक्ती पाओस् भन्दै शान्तिको कामना गर्दै प्राथना गरिएको थियो ।करिब ३० जना भिक्षु, भिक्षुणी, लामागुरु र गुरुमाले प्रार्थना गर्नु भएको थियो ।भिक्षुहरुले मास्क फेस सिल्ड र ग्लोब्स पनि लगाउनु भएको थियो ।
थेरबादी र महायानी परम्परा अनुसार मंगल कामना गरिएको थियो । भिक्षुहरुले रतन सुत्र पाठ गर्नु भएको थियो । भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले शिल प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रम केपी ओलीले दिएको शुभकामना संदेश भिडियो मार्फत देखाईएको थियो । पर्यटन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिब सानुराज शाक्यले पढेर सुनाउनु भएको थियो ।कोरोना संक्रमणबाट मुक्ती पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतन सुत्र पाठ गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले बताउनु भयो ।
उहाँले मानव जिवनमा देखा परको यो समस्या छिट्टै समाधान हुने उहाँले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध शिक्ष अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताउनु भयो ।
उहाँले बुद्धका शिक्षालाई मनवजातिले अनुसर गर्नु पर्ने बताउनु भयो । उनलेबुद्धका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको यसलाई अनुसशरण गरेर मानव कल्याण र विश्व शान्तिकालागि उपायोग गर्नु पर्ने बताउनु भयो ।