कोरोना माहामारीमा आयुर्बेद अस्पतालको आयुर क्वाथ औषधी बितरण अभियान
कपिलवस्तु -कोरोना महामारी संक्रमण फैलिएको बेला कपिलवस्तु आयुर्बेद केन्द्रले कपिलवस्तु नगरापलिका भित्र प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर क्वाथ नामक औाषधी बितरण अभियान चलाएको छ । कोरोना महामारीको दोश्रो चरण सुरु भए यता दुई साता अघि देखि केन्द्रले सो अभियान चलाएको छ । सो अभियान अन्र्गत अग्रभागका खटिने स्वास्थयकमीै, सुरक्षाकर्मी, संचारकर्मीै, कर्मचारी, कोरोना संक्रमित लागायतलाई केन्द्रले निःश्ुःक सो औाषधी उपलब्ध गराएको केनद्रका प्रमुख डाक्टर प्रबेश श्रीवास्तवले बताउनु भयो ।
नगर भित्र होम आईसोलेनमा रहेका रोगीहरुको प्रतिरोधात्मक क्षमता बढाउन नगरमा अभियान चलाइएको उनले बताउनु भयो । अभियानकैक्रममा नगर प्रमुख किरण सिंहलको समन्वयमा केन्द्रले नगर भित्र रहेका १२ स्वास्थय चाकी र आधारभुत स्वास्थ्य केन्द्रमा सो आषधी बितरण गरेको छ । सो औषधी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्तालाई हस्तान्तरण गरिएको हो । अस्थायी कोरोना अस्पतालमा भर्ना भएका बिरामीलाई केन्द्रका कर्मचारीले झोल बनाई अस्पताल सम्म पुर्याउदैै आएको उहाँले बताउनु भयो ।
उता स्वास्थ्य कार्यालय , कपिलवस्तु अस्पताल लागतयमा निकायमा समेत सो औषधी बितरण गरिएको छ । यस्तै पत्रकार महासंघलाइए सय बट्टा सो औषधी उपलब्ध गराइएको छ । रुघा खोकी, ज्वरो लगायतकालागि सो औाषधी उपयोगी छ । केन्द्रका प्रमुख श्रीवास्तवले सो औषधी उपयोगी रहेकोले माग समेत बढेको बताउनु भयो । ‘ केन्द्रमा आउने बिरामीलाई हामीले निःशूल्करुपमा औषधी बाडदै आएका छौ ’ उहाँले भन्नु भयो े । पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेलले अहिलेको समयमा सो औषधी उपयोगी रहेकोले आफुले २ साता यता देखि सेवन गर्दै आएको बताउनु भयो ।
