Connect with us
Kapilvast Forest

पत्रकार महासङ्घका अध्यक्ष पोख्रेल सवार कार तुलसीपुरमा दुर्घटना

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

दाङ- नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जीपले ३–०१० २२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा केन्द्रीय अध्यक्षसँगै कारमा रहेका नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिनुभएको छ ।

कारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेको थियो । पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu