Connect with us
Kapilvast Forest

कैलालीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

धनगढी- कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनु भयो ।

स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सामान ढुवानीका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu