Connect with us
Kapilvast Forest

कारभित्र तीन बालकको मृत्युको अनुसन्धान पूरा, कारण यस्तो

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

दाङ -दाङमा एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेको छ । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे १ सिसी ८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो। बालकहरू तुलसीपुर ६ बरूवाका थिए।

स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियारको कारभित्र निस्सासिएर मृत्यु भएको हो । अक्सिजन अभाव र कार्वनमोनोअक्साइडले गर्दा निस्सासिएर उनीहरूको मृत्यु भएको भिसेरा रिपोर्टमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ । प्रहरीले कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu