Connect with us
Kapilvast Forest

विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरू

२०७८, १४ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । प्रतिनिधिसभाको विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आजै पाँच सदस्यीय संवैधानिक इजलास तोक्नु भएको थियो ।

सो इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ न्यायाधीशहरू रहनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए । अन्य रिटहरूमा विहीबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu