विवेकशील साझाका पूर्वअध्यक्ष थापाको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोनाभाइरसको संक्रमण देखिएका थापालाई र निमोनिया पनि देखिएपछि उहाँको भेन्टिलेटरमा राखेर ग्राण्डी अस्पतालमा उपचार हुँदैछ ।
थापालाई बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर विश्व दवाडीले जानकारी दिनुु भएको छ । कोरोना संक्रमित थापा दुई साताअगाडिदेखि नै ग्राण्डीमा उपचाररत हुनुन्छ।