Connect with us
Kapilvast Forest

संवैधानिक इजलासको आजकाे सुनुवाइ सकियाे, अर्काे सुनुवाइ आइतबार

२०७८, १४ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाइ अब जेठ १६ गते आइतबार हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ शुक्रबार सुरु भएको थियो ।

शुक्रबारको सुनुवाइ दिउँसो ३ बजेसमम भयो अब यसैको निरन्तर सुनुवाइ आउँदो आइतबार हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो । भोलि जेठ १५ गते सुनुवाइ नहुने भए पनि यसलाई स्थगित भन्न नमिल्ने ढकालको भनाइ छ ।

स्थगित भएको होइन, आज काम गर्दा गर्दा समय सकियो अब अर्को बहस आउँदो आइतबार हुनेछ, उहाँले   जानकारी दिनुभयो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu