Connect with us
Kapilvast Forest

निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

२०७८, १४ जेष्ठ शुक्रबारमा प्रकाशित

धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ ।

होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले परामर्श सेवा सञ्चालन गरेको बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालित मनोपरामर्श सेवा अन्तर्गत परामर्श सेवा प्रवाह भएको हो ।

यो महामारीको समयमा मनमा चिन्ता हुने, पिर तथा तनावको कारण निन्द्रा नपर्ने, दिक्क लाग्ने, छटपटी हुने, मन आत्तिने, मुटु ढुकढुक हुने, विरक्त लाग्ने, मन स्थिर नहुने, एक्लै बस्न मन लाग्ने, रिस उठ्ने, मन नरमाइलो हुने, मर्ने सोच आउने जस्ता समस्या भएकाले परामर्श लिन सकिने नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।

नीलकण्ठ नगर बासीहरुले नीलकण्ठ नगरपालिकाको फोन नम्र ०१० ५२०५६९ तथा मनोपरामर्शकर्ता रामकुमार थापाको फोन नम्बर ९८५१२०४११८,९८२८०४९३५८ र ९८६०४९२३७८ मा सम्पर्क गर्न सकिने छ । सेवा लिन चाहनेले हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क सेवा लिन सक्नेछन् ।

साथै आत्महत्याको सोच आउनेले जुनसुकै समयमा पनि फोन गर्न सकिने थापाले बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको धादिङको धुनीबेसी नगरपालिका,थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिबाट पनि निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu