Connect with us
Kapilvast Forest

विवेकशीलका नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं- विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रा.लि.ले ब्यहोर्ने जनाएको छ।

थाहा हाल मेडिसिटी अस्पतालमा उपचाररत छन्‌। स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सधन उपचार कक्षामा भर्ना गरिएको छ। उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ।

मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वरिष्ठ सामाजिक अभियन्ता समेत रहेका थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्ति मार्फत जानकारी दिएको छ। कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईंद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार रकमको अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत एवम् यसका लागि आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पुर्‍याएको अथक योगदान उच्च रहेको उल्लेख छ। विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईंले लेखेका छन्‌, ‘गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियान्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने छ। म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु। रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु। मेरा लागि मानव सेवा नै धर्म हो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu