लकडाउनले दुखी भएका कृषकलाई बेमौसमी झरीले झन सतायो
सनिउल्ला धोबी,कपिलवस्तु-
लगातार ३ दिन देखि परेको बेमौसमी बर्षाका कारण कपिलवस्तुका तरकारी खेती गर्ने कृषक दुखी भएका छन् ।
कोभिड-१९ को महामारीका कारण किसानहरू आफ्नो खेतमा लगाएको तरकारी समेत भित्र्याउन पाइरहेका छैनन् । न त किसानहरुले तरकारी बेच्न बजार पाएका छन् न त आफ्नो उत्पादनलाई बजारसम्म लैजाने साधन नै । गत बैशाखमा सुरु भएको बन्दाबन्दीका कारण सबैलाई सताएको छ । बन्दबन्दी कहिलेसम्म हुने हो टुङ्गो छैन ।
गत बैशाख २१ गते देखि जारी बन्दबन्दीका कारण पीडित बनेका कपिलवस्तुका कृषकलाई अहिले बेमौसमी बर्षाले झन पीडा दिएको छ । लकडाउन (बन्दबन्दी)मा तरकारी किसानहरुको तरकारी खेतमै कुहिएर थियो भने अहिले ३ दिन देखि लगातार परेको पानीले तरकारी खेतीको सत्यनास गरेको कपिलवस्तु शिवराज नगरपालिका ३ का कृषक टिरु भरले बताउनु भयो ।
बेमौसमी परेको बर्षाले कपिलवस्तुको बुद्धभुमी नगरपालिका, कपिलवस्तु नगरपालिका र महाराजगन्ज नगरपालिकाका किसानलाई प्रत्यक्ष असर परेको कृषकहरुले बताए ।
बेमौसमी बर्षाले गोलभेडा, भिंडी, करेला, तरोई, घिरौला, बोंडि र खुर्सानीलाइ असर गरेर सुक्न थालेको महाराजगन्ज हर्दौनामा ब्यावसायीक खेती गर्दै आएका कृषक जसपाल यादवले जानकारी दिनु भयो ।
आकासे पानीले खेत भरीएको छ । तरकारी पहेलो हुन थालेको कपिलवस्तु बिजगौरीका किसानले बताए ।
बेमौसमी बर्षाका कारण पीडित बनेका किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन । मौसम बिदका अनुसार भोलीसम्म मौसम सुधार हुने बताएका छन ।
हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण हुने गरेको असाधारण वर्षाले कृषकहरूलाई पिडा थपेको छ । वर्षाको समय र मात्रामा आएको परिवर्तनका कारण बाढी, पहिरो र खडेरी जस्ता चरम मौसमी घटनाहरू घट्ने मात्र नभइ बेमौसमी वर्षा र खडेरीका कारण उत्पादनमा समेत असर पर्ने कृषि विभागका अध्ययनहरूले देखाउँछन् ।