Connect with us
Kapilvast Forest

निजी क्षेत्रको धेरैजसो माग सम्बोधन ,उद्याेग व्यवसायी बजेटप्रति खुशी

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं – उद्योग व्यवसायीहरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले वर्तमान परिस्थिति अनुकूल निजी क्षेत्रको धेरैजसो मागहरु सम्बोधन भएको प्रतिक्रिया जनाएका छन्।

कोरोना महामारीको बेलामा आएको विशेष बजेट भएका कारण निजी क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भए पनि अधिकांश मागहरु सम्बोधन भएको उनीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताउनुभयो ।

कोभिड-१९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अरु केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताउनुभयो । खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको भन्दै उहाँले लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरुको माग सम्बोधन भएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu