बजेट सुनाउन मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री
काठमाडौं-अर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । शनिवार सार्वजनिक गरिएकाे बजेटबारे आइतबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, धेरैले बजेट सकारात्मक भएको तर कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रतिक्रिया दिएको आफू पाएको बताउँदै थप्नुभयो, यो बजेट सुनाउन मात्र ल्याइएको होइन कार्यान्वयनका लागि पनि ल्याइएको हो ।
उहाँले आर्थिक वर्ष शुरु हुन अझै ४५ बाँकी रहे पनि बजेट कार्यान्वयनका लागि आफूहरु भोलि बाटै लाग्ने बताउनुभयो ।उहाँले भन्नुभायो, हामी भोलिबाटै सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग बैठक गरेर यसको कार्यान्वयबारे काम थाल्छौं ।
यो सकारले बजेट ल्याउन नहुने भन्ने खालको केही बाट प्रतिक्रिया आएको बारे टिप्पणी गर्दै अर्थमन्त्रीले भन्नुभयो, बजेट ल्याउने काम सरकारको भएको र आफूहरुले सो दायित्व पूरा गरेको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा कोरोनाका कारण सिथिल अर्थतन्त्रलाई पुरानै अबस्थामा फर्काउने लक्ष्यका साथ बजेट ल्याइएको पनि स्ष्ट गर्नुभयो ।