ठाकुर-महतोको बालुवाटार वार्ता सकियो,छिट्टै सरकारमा जाने
काठमाडौं-सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नु भएको थियो ।
सरकारसँग आफूहरुले राखेका अधिकांश मागहरु पुरा भएको भन्दै सरकारमा सहभागी हुने तयारी जसपाले गरेको हो । सोही विषयमा छलफल गर्न नेताहरु आज प्रधानमन्त्री ओलीसँग वार्ता बालुवाटार पुग्नुभएको थियो ।
ओलीले जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार एक दुई दिनमै सहभागी हुने विषयमा टुंगो लाग्ने छ ।