Connect with us
Kapilvast Forest

बागमती सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता गर्ने

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं – बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय गरेको छ। बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनलाई दिइएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले कार्यविधिबिना नै मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिएको भन्दै चर्को विरोध भएको थियो।कोरोना कहरमा स्वास्थ्य स्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउन्डेसनमा ५० लाख दिएको भन्दै अघिल्लो बैठकमा आलोचना भएपछि सत्तापक्ष र प्रतिपक्षका नेताबीच बैठकमा केही समय विवादको सिर्जना भएको थियो।

मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिन तथा जथाभावी रूपमा वितरण गरिएको बजेटलाई रोक्न माग गर्दै माओवादी, कांग्रेस, विवेकशील र नेमकिपाले मोर्चाबन्दी भएको थियो  ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu