Connect with us
Kapilvast Forest

एमालेबाट मन्त्री बनेका ६ जना पार्टीबाट निष्काशन हुँदै

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

कैलाली -सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीले सिफरिस गरेको छ । सरकारमा सहभागी ६ मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारवाहीका लागि सिफरिस गरिएको हो ।

कारवाहीका लागि भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी नाम सिफारिस गरिएको हो ।

गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्‍ने निर्णय गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu