गोरुसिंगे – सन्धिखर्क सडक खण्ड बर्षाै देखि जिर्ण, दुर्घटनाको उच्च जोखिम
अराज बेल्बासे ,अर्घाखाँची –सडक डिभिजन कार्यालय शिबपुरले हेर्ने गोरुसिंगे सन्धिखर्क सडक खण्डमा दर्जनौ स्थानमा गत बर्षनै आधा सडक पहिरोले लगेको तथा सडक मुनि बाटै पहिरो गएको छ । जानकार सवारी चालकहरु त सडकको अवस्था बुझ्लान तर नयाँ चालकहरुले छिउमै सवारी पुराए दुर्घटना हुने निश्चित हुँदा पनि सडक बिभागले सडक निर्माणमा नासो नदिएको गुनासो बढेको छ ।
शितगंगा नगरपालिका ३ आर्मी ब्यारेक तलको सडक पहिरोले लगेको १ बर्ष पुग्यो सडक पहिरोले लानुका साथै सडक भित्र समेत करिव १ मिटर भित्र सम्म सडक गत बर्षनै कोप्रो पारेको थियो तर आज सम्म पनि मर्मत भएको छैन पथ्थरकोट देखि नरपानी सम्म दर्जनौ स्थानमा सडकको अवस्था त्यस्तै रहे पनि अधिकांस जोखिम क्षेत्रमा बर्षाै हुदाँ समेत सुधारको काम नभए पछि सडक कार्यालयकोकमजोरीका कारण दुर्घटना हुने जोखिम बढेको छ ।
सडक डिभिजन कार्यलय शिबपुरका कार्यालय प्रमुख बिदुर पोख्रेलले सरकार बाट बजेट ठिलो आएका कारण समयमा काम गर्न नसकिएको बताउनु भयो केही स्थानमा निकै जिर्ण रहे पनि मर्मतकोे लागि बजेट ढिलो आएका कारण काममा ढिलाइ भएको उहाले बताउनु भयो ।विभिन्न ३ स्थानमा भाग लगाएर सडक निर्माणको लागि बैशाखमा ठेक्का भए पनि लकडाउनका कारण देखाउदै ठेकेदारले काम गर्न नसकेको गुनासो गर्ने गरेको पोख्रेलले बताउनु भयो ।
लकडाउन खुलेर सामान्य अवस्था भएमा सडकको तलबाट गएका पहिरो क्षेत्रको मर्मत गर्न पहल भइरहेको उहाले बताउनु भयो ।समयमा ठेक्का नहुँदा हरेक बर्ष लाखौ रकम खेर जाने गरेको छ गत बर्ष समेत ठेकेदारले असारमा काम गर्दा सडकमा लगाएका जालीहरु सडक सँगै बगाएको थियो । यो बर्ष पनि काम भए असारे बिकासकैरुपमा हुने निष्चित भएको छ ।ठेकेदारले ठेक्का लिएर काम लथालिङ्ग छाड्दा समेत सम्बन्धित पक्ष मौन रहदाँ बर्ष हरेक सडकका दर्जनौ योजना अलपत्र पर्ने गरेका छन ।
यो बर्षको मन्सुन सुरु हुन लागि सक्दा समेत पहिरोले लगेका सडक सधार नहुँदा पुन त्यहि स्थान बाट पहिरो जाने निष्चित जस्तै छ ।यस्तै शितगंगा ३ कै रिपाहा बनमा साघुरो सडकभएको क्षेत्रमा गत बर्ष जाली हालेर सडक बढाउने काम भयो तर बनाएको केही दिनमै जाली पल्टिएर गयो र पछि सडक सहित पहिरो गयो एक बर्ष देखि त्यो पहिरोमा सडक बिभागले कालो पलाष्टिक ओेडाउने काम बाहेक अरु केही गरेन त्यो पलाष्टिक समेत अहिले सडिसकेको छ तर सडक सम्भावना छैन ।
यस्तै यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल सुपा देउराली प्रवेस क्षेत्रको करिव ५ सय मिटर सडक पुर्ण रुपमा जिर्ण रहेको बर्षाै भए पनि सडक बिभागले निर्माणको काम नगर्दा मन्दिर ब्यवस्थापन समिति समेत बदनाम हुने गरेका छन । मन्दिर देखि माथी सन्धिखर्क नगरपालिका तर्फको सडक बनी सके पनि शितगंगा नगरपालिका क्षेत्रको सडक निकै जिर्ण रहेको छ जसले गर्दा सुपा मन्दिरको शितगंगा तर्फका समितिमाहनेहरु आलोचितबनेका छन ।
जनस्तर बाट शितगंगा तर्फको कार्यसमितिले काम गर्न नसकेको भन्दै बिरोध हुने गरेको छ । उक्त सडक ४ सय मिटर ढलाइको समेत ठेक्का भए पन काम अझै सुरु भएको छैन सुपादेउराली मन्दिर ब्यवस्थापन समितीको सम्पर्कमा ठेगदार नरहेको मन्दिर ब्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनु भयो । काम यो आर्थिक बर्षमा सक्ने प्रतिबद्धता गरेको भए पनि यहिले सम्पकमा नरहेको घिमिरेले बताउनु भयो । सडक निमार्णका लागि आफुहरुले अब सुरु नभएमा ठेकदार पक्षलाई निमाणको लागि दवाव दिने घिमिरेले बताउनु भयो ।