Connect with us
Kapilvast Forest

सरकार र थरुहटबीच ६ बुँदे सहमति

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- सरकार र थारु कल्याणकारिणी सभा थरूहटरथारुवान संयुक्त संघर्ष समिति बीच ६ बुँदे सहमति भएको छ ।थरूहटरथारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने भएको सहमति भएको छ ।

आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्याङ्कन गरी क्षतीपूर्ती उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu