Connect with us
Kapilvast Forest

आठ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको जहाज आइपुग्यो

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौँ- नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण गरेकाे नेपाल वायुसेवा निगमका प्रमुख डिम पाैडेलले बताउनुभयाे । साे जहाज हिजो बेइजिङ गएको थियो ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।

खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu