Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी सकियो, नेपाल समूहका १२ नेतालाई कारवाही गरेन

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेको स्थायी कमिटीले स्पष्टिकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने भन्दै नेताहरुलाई कारवाही नगरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने विषयमा छलफल भएको नेताहरुलाई कारवाही गर्ने सन्दर्भमा कुनै निर्णय नभएको बताउनुभयो ।

पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उहाँको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताउनुभयो ।

एकताको प्रयास जारी राख्न अहिले अन्य संयन्त्रबाट सम्बाद जारी रहेको उहाँले बताउनुभएको छ । वार्ता टोली पुर्नगठन गरि फेरि संवाद हुने उहाँको भनाई छ ।

वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसक्नुभएको छ । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu