उपेन्द्र यादवले निर्वाचन आयोग पठाए ठाकुरसहित ४ नेता हटाएको पत्र
काठमाडौं -जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाउनु भएको छ ।
१७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाउनु भएको हो । उक्त पत्र आयोगमा दर्ता भएको छ ।
अध्यक्ष यादवले पार्टी विधान र दल सम्बन्धी ऐन अनुसार पार्टीबाट निष्काशन गरिएका नेताहरुको नाम दलको दर्ता किताबबाट हटाउन आग्रह गर्नु भएको छ ।
हेर्नुहोस् पत्र
