Connect with us
Kapilvast Forest

आईएमई फाउण्डेशनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं– आईएमई फाउण्डेशनले कोरोनाको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

आईएमई फाउण्डेशनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउण्डेशनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

फाउण्डेशनले गण्डकी प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, र निजामती कर्मचारी अस्पताललाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउण्डेशनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

यसका अतिरिक्त फाउण्डेशनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

यस अघि फाउण्डेशनले वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो ।

आईएमई फाउण्डेशन आईएमई ग्रुपअन्तर्गत सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu