अर्घाखाँची र रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा
कपिलवस्तु –रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो ।
हेर्नुहोस् सूचना-

यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको तामाङले जानकारी दिनु भयो ।जिल्ला प्रशासन कार्यालय र्घाखाँची ले जिल्लामा पुन जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपप ग रेको छ । सिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकमा निषेधाज्ञालाई थप कडाई गरिनुका साथै माक्स नलगाई सार्बजनिक स्थलमा हिड्डुल गरेमा पटकै पिच्छे एक सय रुपियाँ जरिमाना गरिने, मानिसको आबत जाबतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अबस्थामा सो को उल्लंघन गर्नेलाई पट्कै पिच्छे दुई सय जरिवाना गरिनुका साथै, सबारी साधन आबत जाबतमा रोक लगाइए को छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सुचना
