कर्णाली प्रदेशसले जेठ २५ भित्र संसद अधिवेशन बोलाउने
सुर्खेत -कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबपछि प्रदेश सरकार बजेट अधिवेशन बोलाउन तयार भएको छ ।
सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिनु भयो ।