Connect with us
Kapilvast Forest

ताइपेइलाई हराएपछि प्रशिक्षक अलमुताइरीको प्रतिकृया: यो सुरुवात मात्र हो

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली फुटबल टोलीले विश्वकप क्वालिफायर्सको खेलमा चाइनिज ताइपेइमाथि जित निकालेसँगै प्रशिक्षक अब्दुल्लाह अमुताइरीले यो अन्त्य नभएर सुरुवात भएको प्रतिकृया दिएका छन्। चाइनिज ताइपेइमाथि २-० को जित निकालेसँगै अलमुताइरीले यो खेलका लागि धेरै तयारी गरेको भन्दै ताइपेइमाथि जित निकाल्न सहज नभएको प्रतिकृया दिए।

‘ताइपेइविरुद्धको तयारीलाई लिएर ११ वटा क्लास लिएका थियौं। अपोनेन्टलाई अध्ययन गर्न आवश्यक छ,’ अलमुताइरीले भने, ‘यो अन्त्य होइन। अझै एसियन क्वालिफायर्स र साफ च्याम्पियनसिप बाँकी छ। वान टिम जय नेपाल।’

उनले कोचको हिसाबले अर्को टिमको विश्लेषण गर्न आवश्यक रहेको भन्दै ताइपेइले राम्रो गरेको बताए। उनले आफू दुई देशको प्रतिनिधित्व गर्ने बताउँदै कुवेती प्रशिक्षकले नेपालबाट जित निकाल्नु कुवेतका लागि पनि गर्वको कुरा भएको बताए। त्यस्तै इराकसँगको खेलमा खेलको टिमबाट परिवर्तन आफ्नो रणनीति भएको स्पस्ट पारे।

‘परिवर्तन गरेर खेल अघि एउटा सिनारियो निर्माण गर्न आवश्यक थियो। हामीले चाइनिज ताइपेइबारे राम्ररी अध्ययन गरेका थियौं। सुरुमा गोल गर्नसके खेल हाम्रो नियन्त्रणमा हुन्छ भन्ने थियो,’ प्रशिक्षक अलमुताइरीले भने, ‘अन्जनको चौथो मिनेटको गोल यसले खेल अवधि भर अग्रता बनाउन र खेलको ‘टेम्पो’ नियन्त्रण बनाउन सहयोग गर्‍यो।’

‘उनीहरुले हाम्रो टिमको अध्ययन गरेका थिए। उनीहरुलाई आशिष लामा या सुनिल बलबारे थाहा थिएन।’ त्यसैले नवयुग र मनिषलाई दोस्रो हाफमा खेलाएको बताए।

त्यस्तै ताइवानका प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रयास गरे पनि जित निकाल्न असफल भएको प्रतिकृया दिए। त्यस्तै कप्तानको चोटलाई लिएर खेलाडीले खेल्न चाहेको फिजियोले बताएकोले केहीसमय पर्खिएको बताए। तर पछि उनी खेल्न नसकेकोले अर्को खेलाडी पठाएको बताए।

विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपालले चाइनिज ताइपेइमाथि सानदार जित निकालेको थियो। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले २-० को जित निकालेको हो।पहिलो हाफमा नेपालले एक गोलले अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो।

खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विष्टले नेपाललाई अग्रता दिलाएका थिए। त्यस्तै ६९ औं मिनेटमा सुनिल बलको स्थानमा सब्चिट्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले दोस्रो गोल गरे। उनले खेलको ८१ औं मिनेटमा गोल थप्दै नेपालको अग्रता दोब्बर बनाएका थिए।

सुरुबाटै आक्रामक खेलमा उत्रिएको नेपालले पटकपटक आक्रमण बनाएको थियो।नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह ‘बी’मा चौथो र पाँचौ स्थानमा छन्। समूहमा नेपालले ६ खेल खेल्दै ६ अंक जोडेको छ। यसअघि सबै ‘अवे’ खेल खेलिसकेको नेपालले अब ‘होम गेम’का खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। यसअघिको खेलमा पनि नेपालले चाइनिज ताइपेइमाथि २-० कै जित निकालेको थियो।

समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu