वडाअध्यक्ष खड्काद्वारा खेलकुद सामाग्री वितरण
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ ले वडा भित्रका अनुशासित विभिन्न बिधामा उत्कृष्ट एवं जेहेन्दार खेलाडीहरुलाई खेलकुद समाग्री बितरण गरेको छ । वडाबाट बिनियोजित ७० हजारको खेलकुद सामाग्री वितरण गरिएको हो ।
शुत्रबार वडा कार्यलयमा आयोजना गरीएको कार्यक्रममा वडा अध्यक्ष चुर बहादुर खडकाको संयोजकत्वमा कार्यालय बाट वडा भित्रका विभिन्न बिधामा उत्कृष्ट , अनुशासित एवं जेहेन्दार खेलाडीहरुलाई सम्मान र सहयोग स्वरुप खेलकुद सामाग्रीहरु वितरण गरेको हो । खेल स्वस्थको लागी मात्र नभई राष्ट्रको छवी उच्च राख्ने माध्यम भएकोले खेलाडीहरुलाई थप हौसला स्वरुप उक्त सामाग्री बितरण गरीएको अध्यक्ष चुर बहादुर खडकाले बताउनु भयो ।
खेलाडीहरुले पनि पहिलो पटक वडाले यसरी सम्मान गरेकोमा खुशी व्यक्त गर्दे यो सम्मानले आफ्नो हौसलामा थप उर्जा प्रदान गरेको बताएका छन ।
कार्यक्रममा बुद्धशक्ति कराते डाजोका प्रबन्धक रामु सुनार खेलाडी अबिनाश रोका लगायत खेल संग संबन्धित बिभिन्न सस्थाका प्रमुख वडाका खेलाडीहरुको उपस्थिती र वडा सचिव प्रेम सागर ओलीको संचालनमा सम्पन्न भएको हो ।