Connect with us
Kapilvast Forest

डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

teump

एजेन्सी-अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ ।गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको हो ।

फेसबुकको निगरानी बोर्डले यसअघि ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको थियो ।ट्रम्प समर्थकले अमेरिकी संसदमा मच्चाएको हिंसा तथा घटनाका सम्बन्धमा ट्रम्पका आपत्तिजनक अभिव्यक्ति पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतले ट्रम्पमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन गरेको फेसबुकले जनाएको छ ।डोनाल्ड ट्रम्पले भने आफूमाथि सोसल मिडियाले गरेको प्रतिबन्ध आफूलाई राष्ट्रपति चुनावमा मतदान गर्ने दशौँ लाख मतदातामाथिको दुर्व्यवहार भएको टिप्पणी गरेका छन् ।

फेसबुकका अनुसार ट्रम्पमाथिको दुई वर्षे प्रतिबन्ध गत जनवरी ७ देखि नै लागू हुनेछ ।फेसबुकका विश्व मामिला उपाध्यक्ष निक क्लेग भन्छन् : ट्रम्पलाई निलम्बन गर्दाको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दा हामीलाई के लाग्दछ भने उनका गतिविधिले हाम्रा नियमहरुको गम्भीर उल्लंघन गरेको छ । जुन अधिकतम सजायको भागीदार छ ।

उनका अनुसार उक्त दुई वर्षको अवधिमा समेत ट्रम्पबाट उत्पन्न हुने सार्वजनिक सुरक्षामाथिको चुनौतीलाई मूल्यांकन गरिने र अवस्थामा सुधार नआएमा निलम्बनलाई लम्ब्याउन सकिने उनले बताएका छन् ।

फेसबुकले आफूमाथि २ वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै ट्रम्पले आफू भविष्यमा पुनः राष्ट्रपति बनेर ह्वाइट हाउसमा आएमा फेसबुक सीईओ मार्क जुकरबर्ग र उनकी पत्नीसँग डिनर नगर्ने भन्दै जुकरबर्गसँगको सम्बन्ध समाप्त भएको बताएका छन् ।

ट्रम्पमाथि २ वर्षको प्रतिबन्ध लगाउने फेसबुकको निर्णयले सन् २०२४ को राष्ट्रपतीय चुनाव अगावै ट्रम्पले फेसबुकमा पुनरागमन गर्नसक्ने देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu