Connect with us
Kapilvast Forest

चीनबाटै कोरोना फैलिएको आफ्नो दाबीमा दुश्मन पनि सहमत : ट्रम्प

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

teump

एजेन्सी -अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरु पनि सहमत भएको बताउनुभएको छ । उहाँले यस विषयमा आफू सही रहेको दाबीसमेत गनुृ भएको छ ।

चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि १० ट्रिलियन डलर क्षतिपूर्ति दिनुपर्ने ट्रम्पले बताउनुभएको छ । ट्रम्पले सुरुवातदेखि नै यस भाइरसलाई चिनियाँ भाइरस, वुहान भाइरस भन्दै आउनुभएको थियो ।

चीनले यसमा कडा आपत्ती जनाउँदै आएको थियो। उसले ट्रम्पको यस भनाइलाई नस्लवादी सोचको उपज भएको बताएको थियो। यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनको एक टोली महामारीको तथ्य पत्ता लगाउन वुहान गएको थियो।

उक्त टोलीले वुहानको ल्याबबाटै भाइरस लिक भएको हो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu