Connect with us
Kapilvast Forest

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रति-लिटर १२५ रुपैयाँ

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काडमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २/२ रुपैयाँका दरले बढाएको छ । यो शनिवार राति १२ बजेपछि लागू हुनेछ ।

अब प्रति लिटर पेट्रोलको मूल्य एक सय २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

‘स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छ’, निगमले भनेको छ ।

पछिल्लो पटक निगमले गएको जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu