कपिलवस्तुमा पाचौ पटक निषेधाज्ञा ,थपियो एक साता
कपिलवस्तु –कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा पाचौ पटक निषेधाज्ञा थप गरिएको छ । एक साताकालागि निषेधाज्ञा जारी गरिएको हो । जेठ २४ देखि ३१ जेठ सम्मकालागि निषेधाज्ञा थपिएको हो ।
जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ । आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्र.जि.अ चक्रपाणि पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताउनु भयो । ३१ गते राति १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ ।
अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताउनु भयो । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि भनै दैनिक बिहान ९ बजे देखि दिउसो १ जे सम्म समय तोकिएको छ । निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ ।
बिहान नौ देखि दिउसो १ जे सम्मकालागि किनमेलको दिइएको समयमा अब प्रशासन कार्यालयले जारी गरेको पास बिना सवारी साधन समेत चलाउन नपाउने समेत निर्णय भएको प्रजिअ पाण्डेयले बताउनु भयो ।
किनमेलकालागि छुट्टाइएको ४ घन्टाको अवधिमा पनि बिना पास सवारी चलाउन रोक लगाइएको प्रजिअ पाण्डेयले बताउनु भयो । कोििभड १९ संकट ब्यवस्थापन अध्ययादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथस सोही अनुसार कारबाही गरिने उहाँले बताउनु भयो । जिल्लामा ६ सय ८६ सकृय कोरोना संक्रमित छन भने १ सय ८७ जनाको मृत्यु भई सकेको छ ।