Connect with us
Kapilvast Forest

ओलीको वक्तव्य एकताको पक्षमा आएको हैन :रामकुमारी झाँक्री

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको आह्वान अल्मल्याउने षड्यन्त्र मात्रै भएको टिप्पणी गर्नु भएको छ ।

सामजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एक पक्षीय ढंगबाट आएको ओलीको वक्तव्य एकताका लागि जारी नगरिएको दाबी गर्नु भएको हो ।

‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। उहाँले लेख्नु भएको छ ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन, झुक्याउन, अल्मल्याउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।’उहाँले ओलीविरुद्ध अदालतमा दिइएको हस्ताक्षर फिर्ता गर्न नसकिने संकेत पनि गर्नु भएकोछ ।

‘अझ गम्भिर कुरा त के छ भने बुदा नं। ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ, यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र उहाँले लेख्नु भएको छ लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढक्ढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।-

भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ। अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu