Connect with us
Kapilvast Forest

आज देखि शिवराजमा जेष्ठ नागरिकलाई कोरोनाका खोप लगाउँदै

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा आज २५ गते र भोली २६ गते ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइने भएको छ । नगरपालिका भित्रका २ खोप केन्द्रबाट ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाउन लगाउने ब्यवस्था मिलाइएको हो ।

नगरपालिका भित्रका आधारभूत स्वास्थ्य अस्पताल र नेपाल आर्दश मावि शिवपुरवाट कोरोना बिरुद्धको भेरासेल खोप लगाउने तयारी गरिइएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई पाएक पर्ने नगरले अन्य दुई खोप केन्द्र थप गरिएको भट्टराईले बताउनुभयो ।

शिवगढी स्वास्थ्य चौकी र पिपरीमा पनि खोप लगाइने भएको त्यस क्षेत्रका जेष्ठ नागरिकहरुलाई खोप लगाउन आग्रह गर्नुभयो ।
शिवराज नगरपालिका वडा १ र २ का ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकहरुलाई नेपाल आर्दश माविमा २५ र २६ गते कोरोनाको खोप लगाइने शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu