Connect with us
Kapilvast Forest

ढुंगा–गिट्टी निकासी नखोल्न माग गर्दैै सर्बोच्चमा रिट

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

sarbocha adalat

 

काठमाडौं-चुरे क्षेत्रबाट ढुंगा, गिट्टी बालुवा निकासी गर्ने कार्य तत्काल रोक्न र बजेट भाषणको बुँदा नं। १९९ बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दर्ता भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले संयुक्त रुपमा रिट निवेदन दायर गर्नु भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, ६ वटा प्रदेश सरकारविरुद्ध रिट दायर गरिएको छ ।

चुरे क्षेत्रको संरक्षणको लागि राष्ट्रपतिको आग्रहमा संचालित चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गर्न पाउने माग गर्दै रिट दर्ता गरिएको छ ।

अधिवक्ता अन्सारीले चुरेको दोहन बढिरहेको बेलामा सरकारले लिएको ढुंगा–गिट्टी निर्यात गर्ने नीति गलत रहेको भन्दै खारेज गर्न रिट हालिएको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu