कपिलवस्तुमा आज देखि जेष्ठ नागरिकलाई भेरोसिल खोप लगाउँदै
कपिलवस्तु-कपिलवस्तुमा कोरोना विरुद्धको ’भेरोसेल’ खोप आज मंगलबारदेखि लगाईने तयारी भएको छ । जिल्लामा १७ वटा खोप केन्द्रबाट६२ देखि ६४ वर्ष उमेर समुहका ९ हजार ५ सय १८ जनालाई खोप लगाइने तयारी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । ’
खोप लागउनकालागि १० वटै पालिकामा २ देखि ४ वटा खोप केन्द्र संचालन गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताउनु भयो ।
खोपकालागि नागरिकता वा उमेर खुल्ने प्रमाण ल्याउन उनले आग्रह गर्नु भयो ।जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।