Connect with us
Kapilvast Forest

कांग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल गछौँ:मुख्यमन्त्री भट्ट

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल गर्ने बताएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले कांग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल गर्ने बताएका हुन् ।

विश्वासको विपक्षमा मतदान नगरेर कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेको सन्दर्भमा राखिएको जिज्ञाशामा उनले भने, ‘कांग्रेसलाई सरकारमा ल्याउने विषयमा हामी छलफल गछौँ । त्यो कुरा पछि नै थाहा हुन्छ ।’

 

उनले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेकाले अब प्रदेशको समृद्धिका लागि परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ३ वर्षे कार्यकालको उपलब्धी देखिने समय पनि भइरहेका कारण प्रदेशसभाले आफूमाथि गरेको विश्वास कायम रहनेगरी जनताको पक्षमा द्रूत गतिमा सरकारले काम गर्ने बताए ।

आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएकाले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिएको बताउँदै पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यलाई धन्यवाद समेत दिएका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । उनको पक्षमा माओवादी केन्द्रका १३ र एमालेको माधव नेपाल समूहका १७ जना गरेर ३० मत खसेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य बैठकमा सहभागि भएपनि उनीहरुले मत हालेनन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय ७ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्यले विश्वासको प्रस्तावको विपक्षमा मत हालेका थिए ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वास नपाउने अवस्थामा मात्र मतदान गर्ने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संविधान र लोकतन्त्रको रक्षाका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा गर्नू अहिलेको प्रमुख प्राथमिकता हो,’ रावलले भने, ‘देश भुटानीकरण हुने देखिएकाले हामीले अहिलेको सरकारको पक्ष र विपक्षमा भन्दा पनि तटस्थ बस्ने निर्णय गरेका हौँ ।’ तर रावललाई प्रदेशसभामा मुख्यमन्त्री भट्टले मत दिन आवश्यक नपर्ने संकेत गरेपछि उनीहरुले मतदानमा भाग नलिएका हुन् ।

पार्टी निर्देशन पालन गरेर विपक्षमा मतदान गर्‍यौं -प्रदेशसभा सदस्य भट्ट

नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाधर भट्टले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेको बताएका छन् ।

‘पार्टीको स्थायी कमिटिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको थियो,’ भट्टले भने, ‘सोही निर्देशनअनुसार हामीले विपक्षमा मतदान गरेका हौँ । हामी पार्टीका हौँ की संसदीय दलका हौँ भन्‍ने प्रश्‍न खडा भएको छ ।’

धेरै प्रदेशसभा सदस्यहरुले पार्टी नेतृत्वको निर्देशन उल्लङ्घन गरेका कारण दल प्रधान की संसदीय दल भन्ने प्रश्न खडा भएको भन्दै भट्टले संसदीय अभ्यासमा भोलीका दिनमा राजनीतिक दलबाट निर्वाचित सांसद नियन्त्रण बाहिर जाने थिती बस्ने उनको भनाई छ ।

मंगलबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । बैठकमा सहभागि ओली पक्षीय प्रदेशसभा सदस्य पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले फरक मत राख्न खोजेका थिए तर संसदीय दलका नेताले उनीहरुलाई फरक मत राख्न नदिएपछि निर्णयमा असहमती जनाएका थिए ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले समेत मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । तर संसदीय दलको बैठकमा भने माधव पक्षीय बहुमत सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu