Connect with us
Kapilvast Forest

लुम्बिनीमा नीति तथा कार्यक्रम पेश हुँदा अधिकांश विपक्षी सांसद अनुपस्थित

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

Lumbini-Pradesh.jpg

बुटवल- लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको सांकेतिक बहिष्कार गरेका छन् ।

दिउँसो ४.३० देखि शुरु भएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु अनुपस्थित छन् ।

विपक्षी दलका ४० सांसदमध्ये नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती लगायत केही सांसद मात्र प्रदेशसभा बैठकमा उपस्थित छन् । सत्ता पक्षका सांसदहरु भने अधिकांश उपस्थित छन् ।

गत वैशाख १९ गते अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले जबर्जस्ती मुख्यमन्त्री नियुक्त गर्दै सपथ गराएको विरोधमा मंगलबार प्रदेशसभामा अनुपस्थित भएर सांकेतिक बहिष्कार गरिएको नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले बताए ।

‘गत वैशाख १९ गते मुख्यमन्त्री र प्रदेश प्रमुखको मिलेमतोमा जे जस्ता असंवैधानिक, स्वेच्छाचारी र अलोकतान्त्रिक काम भए, त्यसको विरोधमा आजको बैठक सांकेतिक बहिष्कार गरेका हौं,’ रानाले भने, ‘हामीले संसदीय मर्यादा र पद्दतिमा प्रतिवद्ध छौं ।’

माओवादी केन्द्रका सांसद दामा शर्माले प्रदेश प्रमुख यादवले गत वैशाख १९ गते एमाले नेता पोखरेललाई असंवैधानिक तरिकाले नियुक्त गरेको विरोधमा बहिष्कार गरेको बताइन् ।

विपक्षी दलहरुले राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएको हुँदा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने वा बहुमतसिद्ध गर्न विश्वासको मत लिनुपर्ने माग गर्दै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu