Connect with us
Kapilvast Forest

बन्दुक देखाएर डकैती, ३८ वर्षदेखि फरार अभियुक्त पक्राउ

२०७८, २६ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-बन्दुक, बञ्चरोलगायतका हतियार देखाएर लुटपाट गरेको घटनामा २०४० सालदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका(३ का ५५ वर्षीय लालबहादुर लुकारलाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लुहारले २०४० साल पुस १० गते जंगलमा लुटपाट गरेको अभियोग थियो।

कञ्चनपुर प्रहरीको टोलीले उनलाई घरमै बसिरहेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनु भयो ।लुहारलाई अदालतमा पेश गरिएकोमा कारागार चलान गरिएको छ। अदालतले लुहारलाई तीन वर्ष एक महिना पन्ध्र दिन कैद सजाय तोकेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu