Connect with us
Kapilvast Forest

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

२०७८, २६ जेष्ठ बुधबारमा प्रकाशित

accident

चितवन – पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना३६प २१९९ नम्बरको मोटरसाइकल कालिका(९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १० स् १० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका(२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका(११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।

घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu