नेपाल ओलीसँग नमिलेर विपक्षीसँग साझेदारी गरे एकता बचाउन कठिन भयो: भट्टराई
काठमाडौं- नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकताको मूल जडबारे आफ्नो धारणा राख्नुभएको छ । उहाँले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै नेताहरुसँग सहकार्य नगर्ने तर जसपासँग सत्ता साझेदारी गर्न तयार हुने अनि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने र विपक्षी दलहरुसँग साझेदारी गर्ने यो कसले किन र केका लागि गर्दैछ भनेर प्रश्न गर्नुभएको छ ।
बुधबार सामाजिक सञ्जालमार्फत उहाँले एमाले एकताको समस्याको मूल जड यही भएको र यस विषयमा दुवै पक्षबीच गम्भीर छलफल गर्दै साझा निष्कर्ष र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको जनाउनुभएको हो ।