Connect with us
Kapilvast Forest

पालिका र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउँछु:राष्ट्रिय सभा सदस्य पाण्डेय

२०७८, २६ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं– नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले सङ्घीयताका आधारमा पालिका र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको सङ्घीयता, समावेशी र समानुपातिकताकाे आधारमा पालिका र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसका निम्ति संसदमार्फत बुलन्द आवाज उठाउने बताउनुभयो । उहाँले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य पाण्डेयले भन्नुभयो, ‘अहिलेको अवस्थामा लोकतन्त्र र संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधानमाथि नै विभिन्न टिकाटिप्पणी, वक्तव्यबाजी भइरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन सङ्घीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार सङ्घीयताका आधारमा पालिका, प्रदेशसम्म पूरा अधिकार पुगेको छैन । यी विषयवस्तुलाई समेटेर संसदमा हामी बुलन्द रूपले आवाज उठाउनेछौँ ।’

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले बुधवार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ ग्रहण गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २६, २०७८

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu