Connect with us
Kapilvast Forest

दीपक मनाङेद्वारा मन्त्री पदबाट राजीनामा

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

कास्की-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिनु भएको हो । उहाँ बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित हुनु भएको थियो । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उहाँको भनाइ छ ।

उता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री मनाङेलाई पदमुक्त गर्नु भएको छ । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उहाँले प्रदेश प्रमुखलाई पत्राचार गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu