Connect with us
Kapilvast Forest

गण्डकीमा सत्तापक्षबाटै संसद अवरुद्ध, पाँच मिनेट बसेर स्थगित

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

गोरखा-गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक सत्तारुढ दल नेकपा एमालेले अवरोध गरेको छ। शुक्रबार सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो।

आज १२ -४९ बजेबाट सुरु भएको बैठक करिब पाँच मिनेट सन्चालन भएर स्थगित भएको छ।एमालेको प्रमुख सचेतक मायानाथ अधिकारीले भन्नु भयो ‘बैठकमा मन्त्रीहरू आउनुपर्ने थियो। तर, एकजना पनि सहभागी हुनुभएन। त्यसैले बैठक स्थगित गर्न माग गर्दछौँ।’

एमालेका सचेतक अधिकारीले बैठक स्थगित गर्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक ३० जेठ दिउँसो १ बजेसम्मका लागि स्थगित गनुर्ए भएको हो

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu